काठमाण्डौ । चीनले अमेरिकी कम्पनी एप्पललगायत अन्य देशका डिभाइसको प्रयोगमा प्रतिबन्ध लगाएको छ । तर, यो प्रतिबन्ध सरकारी कर्मचारीलाई मात्र लागू हुनेछ ।

ती उपकरणहरू कार्यालयमा ल्याउन वा काममा प्रयोग नगर्न अधिकारीहरूलाई आग्रह गरिएको छ। वाल स्ट्रिट जर्नलले आफ्नो एक रिपोर्टमा यस्तो दाबी गरेको हो ।

चिनियाँ सरकारले आफ्ना अधिकारीहरूलाई देशमा बनेका फोनहरू प्रयोग गर्न आग्रह गरेको छ। रिपोर्टकाअनुसार चीनले एप्पलबाहेक कुनै पनि फोन निर्माताको नाम राखेको छैन । यस विषयमा एप्पलले अहिलेसम्म कुनै प्रतिक्रिया दिएको छैन । 

यसैबीच, चिनियाँ सरकारले पनि यो प्रतिबन्धको बारेमा कुनै आधिकारिक जानकारी दिएको छैन।

कम्पनीले सेप्टेम्बर १२ मा क्यालिफोर्नियामा वान्डरलस्ट कार्यक्रम आयोजना गर्न लागेको बेला चीनले सरकारी अधिकारीहरूले आईफोनको प्रयोगमा यो प्रतिबन्ध लगाएको हो। यस इभेन्टमा एप्पलले आईफोन १५ सिरिजसँगै एप्पल वाच सिरिज ९ र एप्पल वाच अल्ट्रा २ पनि लन्च गर्न सक्नेछ ।

तीन महिनाअघि रुसले अमेरिकालाई आइफोनमार्फत जासुसी गरेको आरोप लगाएको थियो । तर, एप्पलले सबै आरोप अस्वीकार गरेको छ । एप्पलले भनेको थियो–‘हामीले कुनै पनि देशको सरकारसँग मिलेर फोनमा छेडछाड गरेका छैनौं र कहिले पनि गर्ने छैनौं।’

बैंक अफ अमेरिकाले आफ्नो रिपोर्टमा सरकारको पीएलआई योजनाले एप्पललाई मात्र नभई भारतलाई पनि मद्दत गर्न सक्ने बताएको छ। यस योजनाले मोबाइल फोनको स्वदेशी उत्पादनलाई ३ गुणाले बढाएर १२६ अर्ब डलर पुर्याउने र निर्यात ५ गुणाले बढाएर ५५ अर्ब डलर पुर्याउने लक्ष्यलाई आर्थिक वर्ष २०२६ सम्ममा पुर्याउन मद्दत गर्नेछ ।

भूराजनीतिक तनाव र कोरोना महामारीपछि एप्पललगायत अन्य अमेरिकी टेक दिग्गजहरूले पनि चीनबाहिर आफ्नो उत्पादन सुविधा विस्तार गर्ने काम गरिरहेका छन् ।

-Agency