काठमाण्डौ । सानिमा क्यापिटलले ल्याउन लागेको पहिलो म्युुचुुअल फण्ड ‘सानिमा इक्वीटी फण्ड’ले आगामी निर्वाचनअघि नै सर्वसाधारणमा आइपीओ जारी गर्ने गरी तयारी थालेको छ । 

धितोपत्र बोर्डमा सानिमा क्यापिटलले १ अर्ब २० करोडको इक्वीटी फण्ड संचालनका लागि २०७४ असार १६ गते आवेदन दिएको थियो । यो फण्ड स्वीकृृतिको अन्तिम चरणमा छ । 

फण्ड स्वीकृत भएलगत्तै सानिमा क्यापिटलले प्रति इकाई १० रुपैयाँ मूल्य बराबरको १२ करोड इकाईको आइपीओ जारी गर्नेछ । 

सानिमा क्यापिटलका एक अधिकारीका अनुसार धितोपत्र बोर्डले म्युचुुअल फण्ड संचालनका लागि कात्तिक चौथो सातासम्म स्वीकृति दिनसक्ने संकेत दिएको छ । सो बेलासम्म फण्ड संचालनको स्वीकृति पाए मंसिर पहिलो साताभित्र १२ करोड इकाईको आइपीओ निश्कासन गर्ने योजना बनाइएको बताइएको छ । 

सात वर्षे बन्दमुखी म्युुचुुअल फण्ड सानिमा इक्वीटी फण्डको प्रवद्र्धन सानिमा क्यापिटल तथा प्रायोजन सानिमा बंैकले गर्नेछ ।