काठमाण्डौ । चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेडको बिहीबार सम्पन्न चौथो वार्षिक साधारणसभाबाट गत आर्थिक वर्षका लागि प्रस्तावित १७.८९ प्रतिशत लाभांश र आरम्भ लघुवित्तसँगको मर्जरमा जाने निर्णय पारित भएको छ ।

चौतारी लघुवित्तका अध्यक्ष जगतबहादुर पोख्रेलको अध्यक्षतामा सम्पन्न भएको साधारणसभामा वित्तीय संस्थाका नायब कार्यकारी अधिकृत हरिकृष्ण जोशीले स्थपनाकालदेखि २०७५/७६ सम्मको अन्त्यसम्ममा वित्तीय संस्थाले गरेको प्रगति विवरण साथै मर्ज गर्न लागेको आरम्भ लघुवित्तको वित्तीय संस्थाको कार्य क्षेत्र साथै प्रगति विवरण पेश गरेका थिए ।

सभामा नेपाल ग्रामीण विकास बैंकका प्रमुख कार्यकारी अधिकृत पर्वतकुमार कार्की, जनउत्थान लघुवित्तका सञ्चालक समितिका अध्यक्ष बाबुराम विक, पूर्वसंविधानसभा सदस्य नेत्रप्रसाद पन्थी, पत्रकार डीआर घिमिरेलगायतले आफ्नो मन्तब्य राख्दै छोटो समयमा राम्रो प्रगति गरेकोमा बधाइ दिँदै मर्जरलाई यत्ति एउटैमा नरोक्न पनि सुझाव दिए ।

सभामा अध्यक्ष पोख्रेलले यस वित्तीय संस्थालई एउटा मोडलका रुपमा आफुले विकास गर्न खोजेको बताउँदै आगामी दिनमा आफूले थप जिम्मेवारी महसुस गर्दै अगाडि बढ्ने बताए ।

सभा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृत तथा कम्पनी सचिव लक्ष्मण घिमेरेले सञ्चालन गरेका थिए ।