काठमाण्डौ । छिमेकी लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई  ४० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

कम्पनीको कात्तिक  ११ गते बसेको १८३ औ बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश वितरणको  निर्णय गरेको हो । 

यो निर्णय नियामक  नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

छिमेकी लघुवित्त विकास बैंकले अघिल्लो वर्ष पनि सेयरधनीलाई ४० प्रतिशत बोनस सेयर र १२.७ प्रतिशत नगद लाभांश नै वितरण गरेको थियो । 

बैंकको चुक्तापूँजी ५९ करोड ५७ लाख रुपैयाँ रहेको छ । प्रस्तावित ४० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ८३ करोड ३९ लाख पुग्नेछ ।