काठमाण्डौ । जनता बैंक नेपाल लिमीटेडले सेयरधनीलाई ८.५० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको मंसिर २४ गते बसेको संचालक समितिको २६७ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को वितरणयोग्य मुनाफाबाट असार मसान्तसम्म कायम चुक्तापूँजीको ८.५० प्रतिशत नगद लाभांश वितरणको घोषणा गरेको हो । 

असारसम्म बैंकको चुक्तापूँजी ८ अर्ब ७ लाख ८५ हजार ९ सय २५ रुपैयाँ थियो । यो हिसाबले बैंकले ६८ करोड ६० लाख ६२ हजार ८ सय ३ रुपैयाँ बराबर नगद लाभांश वितरण गर्नेछ । 

गत आबमा यो बैंकले १ अर्ब बढी नाफा गरेको थियो भने ६८ करोड बढी वितरणयोग्य मुनाफा आर्जन गरेको थियो । 

बैंकले प्रस्ताव गरेको नगद लाभांश रकम नेपाल राष्ट्र बैंकबाट स्वीकृत प्राप्त गरी आगामी साधारणसभाबाट पारित भएपछि शेयरधनीहरुलाई वितरण गरिने बैंकले जनाएको छ ।

पूर्वमा मेचीदेखि पश्चिम महाकालीसम्मको शहरी, अर्ध शहरी एवम् ग्रामीण क्षेत्रहरुको १२८ वटा शाखाहरुबाट बैंकिङ सेवा पुर्याइरहेको र चालु आर्थिक वर्षमा काठमाडौं उपत्यकामा सहित १५ वटा शाखा थप सञ्चालनमा ल्याईने योजना रहेको छ । 

चालु आर्थिक वर्षको प्रथम त्रैमासमा करिब रु. ३२ करोड (एनएफआरएस लेखामानअनुुसार) मुनाफा गर्न सफल रहेको बैंकको करिब ६ लाखभन्दा बढी ग्राहक र  मंसिर २३ गते निक्षेप करिब ६७ अर्ब र कर्जा लगानी ६२ अर्ब रहेको छ।