काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो तेस्रो वार्षिक साधारणसभा डोकेको छ।
कम्पनी सञ्चालक समितिको गत चैत २४ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो वैशाख २६ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा काठमाण्डौको हात्तीसारस्थित कम्पनीको केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालक (एक महिलासहित) निर्वाचित गर्नेछ।
गत आर्थिक वर्षको आर्थिक प्रतिवेदन पनि सभाले छलफल गरी अनुमोदन गर्नेछ। कम्पनीले कोभिड–१९ राहात कोषमा सहयोग गरेको रकम पनि सभाले पारित गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले आउँदो वैशाख १० गतेदेखि वैशाख २६ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ सभामा भाग लिन वैशाख ९ गतेसम्म सेयरधनी कायम भइसक्नुपर्नेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19