काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडको तेस्रो वार्षिक साधारणसभा स्थगित भएको छ।
कम्पनी सञ्चालन समितिको आज बसेको बैठकले हाल संसारभर महामारीका रुपमा फैलिएको कोरोनाभाइरसका कारण काठमाण्डौ उपत्यकामा निषेधाज्ञ जारी भएको र नेपाल सरकारले सबै प्रकारका सभा, सम्मेलन, गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, खेलकुद, पुस्तकालय आदि सञ्चालन गर्न नपाइने र १५ जनाभन्दा बढी भेला नहुन निर्देशन जारी गरेको व्यवस्थालाई मध्यनजर राख्दै साधारणसभा स्थगित गर्ने निर्णय गरेको हो। कम्पनीले यही वैशाख २६ गतेका दिन साधारणसभा आह्वान गरेको थियो।
कम्पनीले अर्को सुचना जारी नभएसम्मका लागि स्थगित गरिएको जानकारी गराएको छ।
साधारणसभाबाट सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरुको निर्वाचन कार्यक्रम रहेको हुँदा निर्वाचन समितिले प्रकाशित गरेको निर्वाचन कार्यक्रमबमोजिम उम्मेदवारी दर्ता भएसम्मको निर्वाचन प्रक्रियालाई यथावत राखी बाँकी रहेको निर्वाचन सम्वन्धित मतदान कार्यक्रम समेत स्थगित गरिएको कम्पनीले जनाएको छ। विशम परिस्थितिमा विशेष सावधानी अपनाउन र सजक रहनका लागि सबैमा कम्पनीले आग्रहसमेत गरेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19