काठमाण्डौ । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।
समीक्षा अवधिमा कम्पनीले ७ करोड २८ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ। जुन गत वर्षको यही अवधिको तुलनामा २५.२६ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा कम्पनीले ९ करोड ७५ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको थियो।
यो अवधिमा कम्पनीले लगानी कर्जा तथा अन्यबाट हुने आयबापत ९४ लाख ४० हजार रुपैयाँ आर्जन गरेको छ। जुन गत वर्षको सोही अवधिको तुलनामा १३३.७० प्रतिशतले धेरै हो। गत वर्ष यही अवधिमा यस्तो आय ४० लाख ४१ हजार रुपैयाँ थियो।
प्रथम त्रैमासमा कम्पनीको खुद दाबी भुक्तानी ६२.२५ प्रतिशतले बढेर २ करोड ६८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीले १ करोड ६५ लाख रुपैयाँ खुद दाबी भुक्तानी गरेको थियो।
कम्पनीको बीमा कोषको आकार ९२.०६ प्रतिशतले वृद्धि भएर १२ करोड ८ लाख रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा ५ करोड ७२ लाख रुपैयाँको रहेको कम्पनीको जगेडा तथा कोषको आकार पनि बढेर १० करोड ४७ लाख ५९ हजार रुपैयाँको भएको छ। महाविपत्ति कोषको आकार गत वर्षको यही अवधिको तुलनामा ४६.३० प्रतिशतले वृद्धि भएर ९३ लाख १२ हजार रुपैयाँको भएको छ।
यस अवधिमा कम्पनीको व्यवस्थापन खर्च ६५.३३ प्रतिशतले बढेको छ। गत वर्षको यही अवधिमा २ करोड ९६ लाख रुपैयाँ व्यवस्थापन खर्च भएकोमा समीक्षा अवधिमा बढेर ४ करोड ९० लाख रुपैयाँ पुगेको छ।
प्रथम त्रैमासमा कम्पनीको खुद नाफामा ६१.२५ प्रतिशतको बढोत्तरी आएको छ। यो अवधिमा कम्पनीले ३ करोड ८३ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन गत वर्ष यही अवधिमा २ करोड ३७ लाख रुपैयाँ थियो।
कम्पनीले पहिलो त्रैमासको अन्त्यसम्ममा १७ हजार ८४६ वटा बीमालेख जारी गरेको छ।
कम्पनीको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) १५.३४ रुपैयाँ, पीई रेसियो ३६.८३ गुणा र प्रतिसेयर नेटवर्थ १२३.४९ रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19