काठमाण्डौ । जानकी फाइनान्स लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

असोज १ गते बसेको सो फाइनान्सको बोर्ड बैठकले आर्थिक वर्ष २०७२/७३ को नाफाबाट लगानीकर्तालाई २० प्रतिशत बोनस सेयर र १.०५ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको घोषणा गरेको हो । 
यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित हुनुपर्नेछ । 

गत वर्ष जानकी फाइनान्सले आफ्ना लगानीकर्तालाई २५ प्रतिशत बोनस वितरण गरेको थियो । 

यो कम्पनीले आर्थिक वर्ष २०७२/७३ को चौथो त्रैमासमा ७ करोड ९४ लाख खूद नाफा आर्जन गरेको थियो । यो कम्पनीको चुक्तापूँजी ३१ करोड ७ लाख रुपैयाँ रहेको छ । २० प्रतिशत बोनस सेयरको व्यवस्थापनपछि कम्पनीको चुक्तापूँजी ३७ करोड २८ लाख पुग्नेछ ।