काठमाण्डौ । चिनियाँ सरकारले फाइनान्सियल टेक्नोलोजी कम्पनी एन्ट ग्रुपमाथि ९८ करोड ५० लाख डलर जरिवाना लगाएको छ। 

यो जरिवाना एन्ट र यसका सहायक कम्पनीलाई लगाइएको हो। योसँगै कम्पनीलाई यसको क्राउड फन्डिङ प्लेटफर्म सियाङहुबाओ बन्द गर्न आदेश पनि चीन सरकारले दिएको छ। 

यो कारबाहीपछि एन्ट ग्रुपले २०२० बाट आफ्नो व्यवसायमा निरन्तर सुधार भइरहेको र सबै नियम पूर्ण गम्भीरता र इमान्दारीका साथ पालना गर्ने जनाएको छ। 

चिनियाँ अधिकारीहरुले अब टेक कम्पनीहरुमाथिको नियन्त्रणमा छुट दिने तयारी गरिरहेको बताएका छन्। एन्ट ग्रुपमाथि कारबाही २०२० मा चिनियाँ सरकारले सुरु गरेको थियो। जसमा यसको सहायक कम्पनी अलिबाबालाई २.८ अर्ब डलरको एन्टी–ट्रस्ट जरिवाना लगाइएको छ। सवारी ह्यान्डलिङ एप दिदीलाई १.२ अर्ब डलर जरिवाना पनि लगाइएको थियो।

एन्ट विश्वको सबैभन्दा ठूलो फाइनान्सियल टेक्नोलोजी कम्पनी हो। यो २०१४ मा स्थापित भएको थियो। चिनियाँ नियामकले नोभेम्बर २०२० मा एन्टको आईपीओलाई रोकेको थियो। यो विश्वको सबैभन्दा ठूलो आईपीओ थियो। हङकङ र सांघाई बजारका लगानीकर्ताबाट करिब ३४ अर्ब डलर जुटाएको थियो।

एन्ट ग्रुपका संस्थापक ज्याक माले २०२० मा चिनियाँ नियामकहरुको आलोचना गरेका थिए। त्यसयता चीन सरकारले उनका कम्पनीविरुद्ध कारबाही गरिरहेको छ। यसबीच ज्याक मा लामो समयसम्म गायब भएका थिए। 

यसअघि पनि चिनियाँ सरकारको आलोचना गर्दा धेरै व्यापारी बेपत्ता भएका थिए। –एजेन्सी