काठमाण्डौ । ज्योति विकास बैंकसँग बिलयको प्रक्रियामा रहेको हाम्रो विकास बैंकले १०.३१४५ प्रतिशत लाभांश वितरणको घोषणा गरेको छ । 

बैंकको भदौ १४ गते बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष २०७४/७५ को सञ्चित मुनाफाबाट सेयरधनीहरुलाई २.४० प्रतिशतको दरले बोनस

सेयर र लाभांशमा लाग्ने करसहित ७.९१४५ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । 

नियामक नेपाल राष्ट्रबैंकबाट स्वीकृत भएपछि सेयरधनीले घोषित लाभांश पाउनेछन् । 

ज्योति विकास बैंकलाई हिजो मात्र हाम्रो विकास बैंक प्राप्तिको केन्द्रीय बैंकले स्वीकृति दिएको थियो ।