काठमाण्डौ । एनआइसी एशिया बैंकले सोमबार झापाको मेचीनगर १० स्थित काकडभिट्टा र मेचीनगर ६ स्थित धुलाबारीमा स्थापित २ शाखालाई  औपचारिक रुपमा संचालनमा ल्याएको छ। 

मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले एक समारोहका बीच धुलाबारी शाखा र काकरभिट्टा शाखाको औपचारिक रुपमा उद्टघान गरेका बैंकले जनाएको छ । 

शाखा सञ्जाल, पूँजी संरचना, वासलातको आकार, ग्राहक संख्याहरुको आधारमा एनआईसी एशिया बैंक निजी क्षेत्रको अग्रणी बैंकहरुमध्ये एक हो ।

उल्लेखित २ शाखा कार्यालयहरुको समुद्घाटन सँगै हाल यस बैंकले अधिराज्यभर १५७ शाखा कार्यालय, १४६ एटिएम एवम् ४ एक्स्टेन्सन  काउन्टरहरुबाट सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले हरेक सम्भावित बजार क्षेत्रमा आफ्ना ग्राहकलाई सेवा उपलब्ध गराउने अभिप्रायले अन्य विभिन्न स्थानहरुमा चाँडै नै थप शाखा संचालन गर्ने योजना अगाडि सारेको छ ।