काठमाण्डौ । मेगा बैंकसँग मर्जरको अन्तिम तयारीमा रहेको टुरिजम डेभलपमेन्ट बैंकले सेयरधनीलाई १५ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको २१२ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट लगानीकर्ताले १५ प्रतिशतको दरले बोनस सेयर वितरणको निर्णय गरेको हो । नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि बैंकले ३० करोड १५ लाख मूल्य बराबरको बोनस सेयर वितरण गर्नेछ । 

मेगा बंैकसँग मर्जरको प्रक्रियामा रहेकोले यो बैंकको दोश्रो बजारमा कारोबार निलम्बित छ । 

मेगा बैंकले समेत केही समयअघि आफ्ना सेयरधनीलाई बोनस सेयर वितरण गरेको थियो । 

मेगा र टुरिजमको बोनस सेयरको समेत पूँजीकरण भएपछि र दुवैको मर्जर टुंगिएपछि बन्ने मेगा बैंक चुक्तापूँजीको हिसाबले देशकै ठूलो वाणिज्य बैंक बन्ने छ । बोनसपछि टुरिजमकै चुक्तापूँजी पनि २ अर्ब ३२ करोड माथि पुुग्नेछ ।