काठमाण्डौ । विश्वविख्यात कार निर्माता कम्पनी टेस्लाको अटोपाइलट कार फेरि दुर्घटनामा परेको छ। पटकपटक कारमा जडित प्रविधिमा समस्या आउँदा दुर्घटनाको संख्या पनि बढ्न थालेको छ। 

गत शनिबार क्यालिर्फोनियामा टेस्लाको अटोपाइलट कार फायर एम्बुलेन्ससँग ठोक्किएर दुर्घटनाग्रस्त भएको थियो। दुर्घटनामा अटोपाइलट कारका चालकको घटनास्थलमै मृत्यु भएको छ। 

यो घटनाको क्यालिफोर्नियाको फायर डिपार्टमेन्टले अध्ययन थालेको छ। 

टेस्लाको अटोपाइलट कार दुर्घटनामा परेको यो पहिलो घटना भने होइन। टेस्ला कम्पनीले भने यस विषयमा केही प्रतिक्रिया दिएको छैन। 

टेस्लाका कारहरुको सफ्टवयरमा समस्या देखिएपछि केही समय पहिले अमेरिकी बजारबाट ३ लाख ६२ हजार कार फिर्ता मगाइएको थियो। पटक–पटक सिस्टमको बेटा सफ्टवेयरमा समस्या देखिएपछि त्यहाँस्थित रेगुलेटरी बडीले टेस्ला कम्पनीको अटोपाइलट कारको विषयमा प्रश्न उठाएको छ। –एजेन्सी