काठमाण्डौ ।जापानी बहुराष्ट्रिय अटोनिर्माता कम्पनी टोयोटा मोटर कर्पोरेशनले टोयोटाको उत्पादनमा रेकर्डतोड बृद्धि गरेको छ ।

गत वर्ष आपूर्ती श्रृंखलामा आएको अवरोधलाई पार गर्दै कम्पनीले गत नोभेम्बर महिनामा ११ प्रतिशतको बृद्धि हासिल गरेको हो । 

घरेलु बजार र विश्वबजारमा आएको मागका कारण टोयोटाको बिक्री बढ्नुका साथै उत्पादनमा समेत बृद्धि भएको थियो ।

नोभेम्बर महिनामा मात्रै कम्पनीको उत्पादन ९ लाख २६ हजार ५७३ युनिट पुगेको छ ।

उत्पादनमा आएको बृद्धिका कारण विश्वभर कम्पनीको बिक्री समेत गत वर्षको तुलनामा १४ प्रतिशतले बढेको छ । गतवर्ष कम्पनीले सवारीमा प्रयोग हुने चीप सेमीकन्डक्टरको अभावको सामना गरेको थियो । 

नोभेम्बर महिनामा घरेलु बजारमा पनि कम्पनीको बिक्री २७ प्रतिशतले उकालो लागेको छ । त्यस्तै, अमेरिका र चीनमा समान १७ प्रतिशत र यूरोपमा १५ प्रतिशतले वृद्धि भएको छ । 
 

यस वर्ष कम्पनीले विश्वभर टोयोटा र लेक्सस ब्राण्डका १ करोडभन्दा बढी युनिट कार बिक्री गरेको छ । यस वर्ष बिक्री भएका कुल सवारीमा एक तिहाई हिस्सा ग्यासोलिन र इलेक्ट्रिक सवारी  छ । 
 

कम्पनीले केहि वर्षयतादेखि विद्युतीय तथा पेट्रोलियम दुवैको संयुक्त इञ्जिन भएका र हाइड्रोजन इन्धनबाट चल्ने सवारी उत्पादनतर्फ जोड दिइरहेको छ । -एजेन्सी