– रेखा चन्द

काठमाण्डौ । चालु आर्थिक वर्षको सुरुआतबाटै बैंकिङ प्रणालीमा चरम तरलता संकट देखिएको छ। गत आर्थिक वर्षमा पनि तरलताको अभाव खेप्दै आएको बैंकिङ क्षेत्रमा चालु आर्थिक वर्षको सुरुआतदेखि नै लगानीयोग्य रकमको अभाव देखिन थालेको हो। 

यसबीच नेपाल राष्ट्र बैंकले जारी गरेको ट्रेजरी बिलको ब्याजदर हालसम्मकै उच्च पुगेकाले पनि बजारमा तरलताको चरम संकट रहेको प्रस्ट हुने जानकारहरु बताउँछन्। जसकारण बैंकहरुको ब्याजदर पनि बढ्न सक्ने संकेत गरेको उनीहरुको भनाइ छ। 

ट्रेजरी बिलको उच्च ब्याजदरले लङ–टर्ममा प्रेसर पर्ने खालको संकेत गरेको कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेत बताउँछन्। यसबीचमा अर्थतन्त्रमा सुुधार र मनी सप्लाई भएमा सर्ट–टमको ब्याजदर पनि बाउन्सब्याक हुने तथा ब्याजदर नर्मल लयमा आएर लङ–टर्ममा हिट गर्ने अवस्था नआउने उनले बताए। 

यस्तै मनी सप्लाई टाइट तथा अर्थतन्त्रको अवस्थामा सुुधार नभएको अवस्थामा भने कालान्तरमा बैंक ब्याजदर बढ्ने बस्नेतको भनाइ छ। 

वित्त विश्लेषक हेमन्त बस्याल ट्रेजरी बिलको ब्याज उच्च हुनुुले बजारमा लगानीयोग्य रकम नभएको संकेत गरेको बताउँछन्। ‘यसले अरुभन्दा पनि सरकारको बरोइङ कस्ट बढ्ने इन्डिकेट गर्छ’, उनले भने, ‘अहिले सर्ट–टमको रेट हाई र लङ–र्टमको रेट लो भएको देखिन्छ।’

त्यसैले सर्ट–टम क्राइसिसका कारणले ब्याज बढेको र लङर्टमको रेट बढ्दैन भन्ने कुरालाई संकेत गरेको बस्याल बताउँछन्। ‘सरकारको लङ–र्टम बन्डको रेट पनि अलिकति माथि गइसकेकोले सम्रग ब्याजदरमा धेरै–थोरै असर गर्छ’, उनले भने।

बस्यालले ब्यालेन्स अफ पेमेन्ट पोजेटिभ भयो भने ब्याजदर घट्ने र ब्यालेन्स अफ पेमेन्ट नेगेटिभ तथा विदेशी मुुुद्राको सञ्चिति घट्दै गएको खण्डमा तरलतामा चाप पर्दा बैंकको ब्याजदर बढ्न सक्ने बतांए। ‘बैंकको ब्याजदर बढ्ने र घट्ने अब ब्यालेन्स अफ पेमेन्टले निर्धारण गर्छ’, उनले भने, ‘तर अब बैैंकको ब्याजदर कति बढ्ला भन्ने हिसाबले हेर्ने हो भने अस्वाभाविक बढाइ चाहिँ हामी आशा गर्न सक्दैनौँ।’

डिफल्ट रेट र त्यसको चेन इफेक्ट उत्पन्न हुने हुँदा बैंकरहरु धेरै ब्याज नबढाउने मनसायमा रहेको देखिने बस्यालको भनाइ छ। ‘ब्याजदर अस्वाभाविक हिसाबले बढ्दैन तर सामान्य अंकले बढ्न सक्ने देखिन्छ’, उनले भने।

तरलता सहज नभएकोले ट्रेजरी बिलको ब्याजदर बढेको एक बैंकर बताउँछन्। ‘ट्रेजरी बिलको ब्याजमा बढोत्तरी हुुनु भनेको बजारमा पैसाको कमी भएको बुुझ्नुुपर्छ’, ती बैंकरले भने, ‘अहिले पनि बजारमा पैसाको संकट कायमै छ, त्यसैले ट्रेजरी बिलको ब्याजदर धेरै बढेको देखिन्छ। यसले बैंकहरुले पनि ब्याजदर बढाउन सक्ने संकेत गर्छ।’