-अर्जुन तिमिल्सिना 
काठमाण्डौ । मञ्जुश्री फाइनान्स नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा सूचीकृत १५ वटा वित्त कम्पनीमध्ये एक हो ।

यो वि. सं २०६४ सालमा स्थिापित राष्ट्रिय स्तरको ‘ग’ वर्गको वित्त कम्पनी हो । यो कम्पनीले बैंकिङ सेवालगायत रेमिट्यान्सको पनि सेवा प्रदान गर्दै आएको  छ। कम्पनीका राजधानीभित्र  र बाहिर गरेर २६ शाखा कार्यालय छन् । 
आधारभुत पक्ष :
 चालू आर्थिक वर्ष २०८०/ ०८१ को पहिलो त्रैमासिक प्रतिबेदन अनुसार कम्पनीको चुक्तापूँजी १ अर्ब ३५ करोड रुपियाँ छ । रिटेन अर्निङ २ करोड ८५ लाख रुपियाँ छ । यो भनेको अघिल्लो आवको तुलनामा ५२.५७ प्रतिशत कम हो । कम्पनीको जगेडा कोष ७५  करोड ७३ लाख रुपियाँ छ । कम्पनीको जगेडा कोषमा भने ६२ प्रतिशतले बढोत्तरी आएको छ । कम्पनीको प्रतिसेयर आम्दानी १९.६२ प्रतिशत छ । बुक भ्यालु १५८.१५ रुपियाँ छ ।

त्यस्तै रिर्टन अन इक्विटी १२.४ प्रतिशत छ । अघिल्लो आवको तुलनामा रिर्टन अन इक्विटी घट्दो क्रममा छ । कम्पनीको खराब कर्जा २.८५ प्रतिशत छ । अघिल्लो आवको तुलानमा कम्पनीको खराब कर्जा केहि बढेको छ । कम्पनीको मूल्य आम्दानी अनुपात साताको दोस्रो कारोबार दिन सोमबारको बजार मूल्य अनुसार २५ गुणा छ । 
ट्रेन्डलाइनको आधारमा :
 कम्पनीको न्युन मूल्य ३७० रुपैयाँदेखि हालको मूल्यसम्म ट्रेन्ड लाइन तानेर हेर्दा हाल ५००रुपैयाँ आसपास रहेको यो कम्पनीको सेयर भाउ ६६० रुपैयाँसम्म पुग्न सक्ने देखिन्छ । डाउ थेउरीमार्फत् कम्पनीको सेयरमूल्यलाई नियाल्दा पनि हाएर हाइ र हाएर लोका सिरिजहरु बनेको  देखिन्छ । यस हिसावले यो कम्पनीको मूल्य रेखाले बनाएको प्याट्रनको आधारमा पनि कम्पनीको सेयर भाउ आगामी दिनमा ६६० सम्म पुग्न सक्ने देखिन्छ । 
(हेर्नुहोस मूख्य तस्बिर)

फियर एण्ड ग्रिडको आधारमा : 
 फियर एण्ड ग्रिड मिटरको आधारमा यो कम्पनी हाल न्युट्रल सेन्टिमेन्टमा रहेको हुन्छ । यो भनेको लगानीकर्ता कम्पनीको सेयर खरिदबिक्रीमा धेरै आक्रमक छैनन् भन्ने नै हो । हाल ५०० रुपैयाँ रहेको यो कम्पनीको सेयर भाउ ५२ साताको कम्पनीको उच्च मूल्य ५७१ रुपैयाँ र न्युन मूल्य ३७० रुपैयाँ रहेको देखिन्छ ।कम्पनीमा ५१ प्रतिशत सेयर संस्थापक र ४९ प्रतिशत सर्वसाधारण समूहको स्वामित्व छ । 



बोलिङगर ब्यान्ड, म्याक्डी र आरएसआई  :
बोलिङगर ब्यान्डको आधारमा यो कम्पनीको सेयर भाउलाई नियाल्दा हाल मध्य ब्यान्ड र तल्लो ब्यान्डको आसपासमा चलेको देखिन्छ । म्याक्डीमा वियारिस क्रसओभर बनेको छ । हिस्टोग्राम नेगेटिभ र लामा लामा हुँदै गएका छन् । यसले कम्पनीको सेयर भाउमा अल्पकालिन
करेक्सन आउन सक्ने देखिन्छ । आरएसआई पनि हाल ४२ को जोनमा छ । समग्रमा तीन वटै इन्डिकेटरमार्फत् नियाल्दा कम्पनीको सेयरमा अल्पकालमा केही करेक्सन आउन सक्ने देखिन्छ । 

पिभट् प्वइन्ट : 
पिभट विश्लेषण भनेको सेयर तथा डेरिभेटिभको  अधिकतम, न्यूनतम र अन्तिम मूल्यलाई आधार मानी यसको भविष्यमा हुने मूल्यको उतारचढाव निकालिन्छ। 

बढेमा प्रतिरोध :
प्रतिरोध ३ –५४८
प्रतिरोध २ –५३९
प्रतिरोध १– ५२७
पिभट प्वइन्ट : ५१८

घटेमा सपोर्ट :
सपोर्ट १– ५०६
सपोर्ट २– ४९७
प्रतिरोध ३ –४८५
निष्कर्ष : मञ्जुश्री फाइनान्स कम्पनी वित्त कम्पनीहरु मध्येमा मध्यम खालको कम्पनी हो । यो कम्पनीको पूँजी १ अर्व ३५ करोड रुपैयाँ छ । अघिल्लो आवको तुलनामा कम्पनीको रिटेन अर्निङ ५२ प्रतिशतले घटेको छ भने जगेडा कोषमा ६२ प्रतिशतले बढेको छ । कम्पनीको खुद मूनाफा, प्रतिसेयर आम्दानी र रिर्टन अन इक्विटी घट्दो क्रममा छ ।

खराब कर्जा बढ्दो अवस्थामा छ । प्राविधिक रुपमा हेर्दा यो कम्पनीको  सेयर भाउ अल्पकालमा केहि करेक्सन हुन सक्ने देखिन्छ । किनकि म्याक्डीमा वियरिस क्रसओभर बनेको छ । तर दीर्घकालमा भने कम्पनीको सेयर भाउमा बढोत्तरीका साथ अबको ६ –८ महिनामा ६६० रुपैयाँसम्म पुग्न सक्छ । यसअघिको बढोत्तरीमा यो कम्पनीको सेयर भाउ प्रतिकित्ता १ हजार रुपैयाँसम्म पुगेको थियो । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारको सिफारिस भने होइन ।)