काठमाण्डौ । एलन मस्कले ट्विटरको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदबाट राजीनामा दिने संकेत गरेका छन्।
मस्कले ट्विट गर्दै भनेका छन्, ‘यो कामका लागि जुन दिन म कुनै बेवकुफ भेट्छु, त्यसै दिन म सीईओ पदबाट राजीनामा दिनेछु। त्यसपछि म सफ्टवेयर र सर्भर टोलीसँग मात्र काम गर्नेछु।’
यसअघि मस्कले ट्विटरको सीईओ पद छाड्ने कि नछाड्ने भनेर ट्विटरमा पोल गरेका थिए। उनले नतिजा जे आए पनि स्वीकार गर्नेसमेत लेखेक थिए।
उक्त पोलमा ५७.५ प्रतिशतले पद छाड्न सल्लाह दिएका थिए भने ४२.५ प्रतिशतले छाड्न नहुने तर्क गरेका थिए।
ट्विटर खरिद गरेदेखि मस्कले गरेका परिवर्तनहरुको निकै आलोचना भइरहेको छ। उनी प्रायः केही विषयमा जनमत संग्रह गरेर निर्णयको घोषणा गरेर जनतासँग प्रतिक्रिया माग्छन्।
मस्क टेस्ला र स्पेस एक्सका मालिक पनि हुन्। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19