काठमाण्डौ । टेस्लाका संस्थापक एलन मस्कले ट्विटर इंकलाई ४३ अर्ब डलरमा किन्न प्रस्ताव गरेका छन्। यसका लागि मस्क प्रतिसेयर ५४.२० डलर नगद तिर्न तयार छ।
मस्कले यूएस सेक्युरिटिज एन्ड एक्सचेन्ज कमिसनमा फाइलिङ गर्दै यस प्रस्तावको जानकारी दिएका हुन्। मस्कको प्रस्तावमा ट्विटरले भन्यो, ‘निर्देशक बोर्डले टेस्ला प्रमुखको गैरबाध्यकारी सम्झौतालाई कम्पनी र सबै ट्विटर सेयरधारकको हितमा निर्णय गर्न मूल्यांकन गर्नेछ।’
मस्कको प्रस्तावमाथि छलफल गर्न बोर्डले चाँडै बैठक बस्न सक्छ। मस्कले भने, ‘मैले ट्विटरमा लगानी गरेँ किनकि मलाई विश्वास छ कि यसमा अभिव्यक्ति स्वतन्त्रताको विश्वव्यापी प्लेटफर्म बन्ने सम्भावना छ र म विश्वास गर्छु कि अभिव्यक्ति स्वतन्त्रता एक कार्यशील लोकतन्त्रका लागि सामाजिक आवश्यकता हो।’
यसअघि मस्कलाई बोर्डमा सामेल हुने प्रस्ताव पनि आएको थियो। तर, उनले अस्वीकार गरे। ‘मस्कको प्रस्तावले देखाउँछ कि उनी वर्तमान व्यवस्थापनमा थोरै विश्वास राख्छन् र उनले कम्पनीमा आवश्यक परिवर्तन गर्न सक्छन् भन्ने विश्वास गर्दैनन्’, वरिष्ठ विश्लेषक जेसी कोहेनले भने, ‘मस्कले बोर्डमा सामेल हुन अस्वीकार गर्नुको कारण अहिले थाहा भयो।’
हालै मस्कले ट्विटरको फिचरबारे ट्विट गरेका थिए। ट्विटमा उनले प्रयोगकर्तालाई ‘इडिट बटन चाहिन्छ’ भनेर सोधे। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19