काठमाण्डौ । टेस्लाका प्रमुख एलन मस्कले सामाजिक सञ्जाल कम्पनी ट्विटर किन्नका लागि ४६.५ अर्ब डलर दिन आफू तयार रहेको बताएका छन्।
मस्कले ट्विटरसँग सम्झौता गर्ने प्रयास गरिरहेको बताए । मस्कले गत साता प्रतिसेयर ५४.२० डलरमा ट्विटर किन्ने प्रस्ताव गरे। यो रकम करिब ४३ अर्ब डलरको हाराहारीमा हुन्छ।
मस्कले अमेरिकी बजार नियामकमा पेस गरेका कागजातमा ट्विटर सबै सेयर ५४.२० डलर नगदका रुपमा किन्नका लागि एउटा टेन्डर अफरको सम्भावना खोजिरहेको उल्लेख गरेका छन्। ट्विटरमा हालै ९ प्रतिशत सेयर किनेका मस्कले सञ्चालक समितिमा नभई सीधै सेयरधनीलाई प्रस्ताव पेस गर्नेछन्। तर, उनले त्यसो गर्ने कि नगर्ने भन्ने निर्णय भने गरेका छैनन्।
प्रस्तुत गरिएका कागजातमा ट्विटरले मस्कको प्रस्तावको अझै जबाब नदिएको उल्लेख छ। –एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19