काठमाण्डौ । अहिलेसम्म मानिसहरुले ट्विटर प्रयोग गर्न कुनै प्रकारको पैसा तिर्नुपर्दैन। तर, भविष्यमा ट्विटरका लागि पैसा तिर्नुपर्ने हुन सक्छ।
यो जानकारी माइक्रोब्लगिङ साइट ट्विटर किनेका एलन मस्कले आफैँ दिएका हुन्। उनले ट्विट गर्दै भनेका छन्, ‘ट्विटर सधैँ सामान्य प्रयोगकर्ताका लागि निःशुल्क हुनेछ तर व्यावसायिक तथा सरकारी प्रयोगका लागि केही शुल्क तिर्नुपर्ने हुन सक्छ।’
यस्तो अवस्थामा सरकारी वा व्यापारिक कम्पनी वा संस्थाले ट्विटरको सेवा लिएमा केही रकम तिर्नुपर्ने हुनसक्छ।
एलन मस्कले ट्विटरमा परिवर्तनका बारेमा पहिले नै संकेत गरिसकेका छन्। उनले ट्विटरमा एडिट बटन दिइने जानकारी पनि दिएका छन्। मस्कले ट्विटरको व्यवस्थापन पनि परिवर्तन गर्न सक्नेछन्। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19