काठमाण्डौ । चालू वित्त वर्षमा चीनको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) ५.२ प्रतिशतले वृद्धि हुने अनुमान छ ।

अन्तरराष्ट्रिय वित्तीय मञ्च (आईएफएफ) ले २०२४ मा चीनको जीडीपी ५ प्रतिशतले वृद्धि हुने अनुमान गरेको छ ।  विश्वका ठूला अर्थतन्त्रहरूले आर्थिक सुस्ती भोगिरहेकै समयमा चीनको अर्थतन्त्र तीव्र दरमा बढेको छ ।महँगी नियन्त्रण गर्न विश्वभरका केन्द्रीय बैंकहरूले ब्याजदर बढाउँदा चीनको अर्थतन्त्र बढेको हो । 

आईएफएफले सार्वजनिक गरेको वैश्विक वित्त र विकास प्रतिवेदनअनुसार यो वर्ष वैश्विक विकास दर ३.१ प्रतिशतमा अझ सुस्त हुने अनुमान छ । त्यस्तै सन् २०२४ मा पनि यस्तै कमजोर हुने सम्भावना छ । 

प्रतिवेदनमा अधिकांश मुलुकमा मौद्रिक कडाइको चक्र सन् २०२४ सम्ममा समाप्त हुने सम्भावना रहेको उल्लेख छ । यद्यपि मौद्रिक र वित्तीय कडाइ जारी रहने सम्भावना छ र यसबाट मागमा बृद्धि कम हुनेछ र वैश्विक सुधार सुस्त रहने प्रतिवेदनमा भनिएको छ । 

त्यसैले आईएफएफले सन् २०२४ मा वैश्विक अर्थतन्त्र ३.१ प्रतिशतको दरले बढ्ने अनुमान गरेको छ । यसमा विकसित अर्थतन्त्रहरूमा १.३ प्रतिशत र विकासशील अर्थतन्त्रहरूमा ४ .३ प्रतिशतले बृद्धि हुनेछ ।वैश्विक समुदायले अल्पकालीन र दीर्घकालीन दुवै चुनौतीहरूको सम्बोधन गर्न मिलेर काम गर्नुपर्ने प्रतिवेदनमा औंल्याइएको छ ।

प्रतिवेदनमा गरिबी न्यूनीकरण, पर्यावरणको संरक्षण र जलवायु परिवर्तनलाई न्यूनीकरण, अन्तरदेशीय द्वन्द्व समाधान गर्ने र भू–राजनीतिक तनाव कम गर्ने जस्ता साझा चुनौतीहरूको सामना  गर्न अन्तरराष्ट्रिय सहयोग र बहुपक्षीयतालाई अगाडि बढाउन आवश्यक भएको उल्लेख छ ।चीनको आर्थिक गतिविधिमा बृद्धि भएपनि उपभोक्ता, सेवा र पूर्वाधारमा भने खर्च बढेको छ ।

उता बढ्दो जनसङ्ख्या र सहरीकरणका कारण त्यहाँ घरजग्गाको कारोबार बढेता पनि यो क्षेत्रमा मन्दी छाएको छ । चीनको कुल गार्हस्थ्य उत्पादनमा घरजग्गाले ३० प्रतिशत हिस्सा ओगटेको छ ।

तर अहिले यही क्षेत्रचीनको अर्थतन्त्रका लागि समस्या बनेको छ ।यो व्यवसाय यतिखेर चौपट बनेको छ ।

रियल इस्टेट संकटले चीनको अर्थतन्त्र कतै डुब्ने त होइन भनेर विभिन्न आकलन गर्न थालिएको छ ।  जसका कारण चीनले आगामी तीनदेखि पाँच वर्षसम्म संघर्ष गर्नुपर्ने हुनसक्ने विश्लेषकहरु दाबी गर्छन् ।-एजेन्सी