काठमाण्डौ । डिप्रोक्स लघुवित्त विकास बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई मालामाल बनाउने गरी डबल अफर सार्वजनिक गरेको छ । 

यो कम्पनीको मंसिर ११ गते बसेको २०९ औं बोर्ड बैठकले आर्थिक वर्ष २०७३/७४ को वितरणयोग्य नाफाबाट १६ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको निर्णय गरेको हो । 

यो निर्णय नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि कार्यान्वयनमा आउनेछ । 

गत वर्ष यो कम्पनीले ३५ प्रतिशत बोनस सेयर र १७.६३ प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

डिप्रोक्स लघुवित्तले चालुु आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ४१ लाख खूद नाफा आर्जन गरेको छ । हाल यो कम्पनीको चुक्तापूँजी ६० करोड ६१ लाख रुपैयाँ रहेको छ । १६ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ७० करोड ३१ लखको उचाईमा पुुग्नेछ ।