काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षका लागि लाभांश प्रस्ताव गरेको छ।
संस्थाको हिजो बुधबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब ५४ लाख ३३ हजार ५७४.५१ रुपैयाँको कुल २० प्रतिशतले हुन आउने २० करोड १० लाख ८६ हजार ७१४.९० रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको हो।
प्रस्तावित लाभांशमा १५ प्रतिशतले हुन आउने १५ करोड ८ लाख १५ हजार ३६.१८ रुपैयाँबराबरको बोनस सेयर र ५ प्रतिशतले हुन आउने ५ करोड २ लाख ७१ हजार ६७८.७२ रुपैयाँबराबरको नगद लाभांश (कर प्रयोजनार्थसमेत) रहेका छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19