काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्थाले आफ्नो २० औँ वार्षिक साधारणसभा डाकेको छ।
संस्थाको गत असोज १ गते बसेको सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा यही असोज २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा चितवनको भरतपुरस्थित चितवन गार्डेन रिसोर्टमा बिहान ११ बजेदेखि हुनेछ।
सभाले गत आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव लाभांश पारित गर्नेछ। संस्थाले गत आर्थिक वर्षको मुनाफाबाट चुक्तापुँजी १ अर्ब १५ करोड ६२ लाख ४८ हजार ६१०.६९ रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने २४ करोड ३४ लाख २५ हजार २०.०१ रुपैयाँबराबरको लाभांश प्रस्ताव गरेको छ।
प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने २३ करोड १२ लाख ४९ हजार ७२२.१४ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशतले हुन आउने १ करोड २१ लाख ७५ हजार २७९.८७ रुपैयाँबराबरको नगद लाभांश रहेको छ।
सोही सभाले सेयर संरचना र कर्मचारीको पद समायोजनको विषयमा असहमति भई दुवै संस्थाबीच प्राप्ति कार्य अगाडि बढाउन नसकिन भएकोले सोका लागि नेपाल राष्ट्र बैंकमा अनुरोध गरिएको र सो सम्बन्धमा हालसम्म भए गरेका सम्पूर्ण कार्यहरुको अनुमोदन गर्नेछ। यसका साथै उक्त कार्यका लागि नियमनकारी निकायहरुको निर्देशनबमोजिम सम्पूर्ण कार्य गर्न सञ्चालन समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
यसैगरी अन्य इजाजत प्राप्त लघुवित्तसँगको मर्जर वा प्राप्ति प्रक्रिया अगाडि सम्पूर्ण कार्यको अख्तियार पनि सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि डिप्रोक्सले यही असोज १२ गतेदेखि असोज २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। असोज ११ गतेसम्म कायम सेयरधनीहरुमात्रै यो संस्थाको लाभांश पाउन र सभा भाग लिन योग्य हुनेछन्।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19