काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७८–७९ का लागि लाभांश प्रस्ताव गरेको छ। 

संस्थाको सञ्चालक समितिको सोमबार (पुस २५ गते) बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब ३८ करोड ७४ लाख ९८ हजार ३३२.८३ रुपैयाँको कुल २१.०५२६३२ प्रतिशतले हुन आउने २९ करोड २१ लाख ४ हजार ९१८.०१ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। 

प्रस्तावित लाभांशमा १० प्रतिशतले हुन आउने १३ करोड ८७ लाख ४९ हजार ८३३.२८ रुपैयाँबराबरको बोनस सेयर र ११.०५२६३२ प्रतिशतले हुन आउने १५ करोड ३३ लाख ५५ हजार ८४.७३ रुपैयाँबराबरको नगद लाभांश (करसहित) रहेका छन्।

प्रस्तावित लाभांश राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट वितरण गरिने संस्थाले जनाएको छ।