काठमाण्डौ । डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको २१ औँ वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९को लाभांश अनुमोदन गरेको छ। ले आफ्नो २१ औँ वार्षिक साधारणसभा डाकेको छ। 

चितवनको सौराहमा आज सम्पन्न वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७८–७९का लागि प्रस्तावित चुक्तापुँजीको कुल २१.०५२६ प्रतिशत लाभांश अनुमोदन गरेको हो। जसमा १० प्रतिशत बोनस सेयर र ११.०५२६ प्रतिशत नगद लाभांश (करसहित) छन्। 

सभाले आदर्श लघुवित्तलाई प्राप्ति गर्ने प्रयोजनका लागि सम्पन्न सम्झौतापत्र, सहमतिपत्र, संयुक्त प्राप्ति समिति गठन एवं संयुक्त प्राप्ति समितिलाई आवश्य कार्य गर्न सक्ने अख्तियारी प्रत्यायोजन गर्ने सञ्चालक समितिको निर्णय अनुमोदन गरेको छ। सभाले आदर्श लघुवित्तलाई १ः१ सेयर स्वाप रेसियोमा प्राप्ति गर्न स्वीकृति प्रदान गरेको छ। 

सभाले प्राप्ति प्रयोजनका लागि अन्तिम सम्झौतापत्रलगायत अन्य कार्य गर्नका लागि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। आदर्श लघुवित्तलाई प्राप्ति गरेपछि संस्थाको चुक्तापुँजी र जारी पुँजी वृद्धि हुने भएकोले सोहीअनुसार प्रबन्धपत्र र नियमावली संशोधन गर्ने विशेष प्रस्ताव सभाले अनुमोदन गरेको छ। 

आदर्श लघुवित्तलाई प्राप्ति गरेपछि डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडको नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव सभाले पारित गरेको छ। सभाले गत आर्थिक वर्षको वार्षिक र आर्थिक प्रतिवेदन पनि स्वीकृति गर्नेछ।