काठमाण्डौ । चालु आर्थिक वर्षको पहिलो त्रैमासमा सिर्जना फाइनान्स लिमीटेडले अघिल्लो वर्षको खूद घाटाको श्रृंखलालाई अन्त गर्दै नाफा कमाएको छ । यो कम्पनीले २ करोड १ लाख रहेको खूद घाटालाई यो वर्ष ४७ लाख नाफामा रुपान्तरण गरेको हो । 

अघिल्लो वर्ष यही अवधिमा २ करोड बढी संचालन घाटामा रहेको यो कम्पनीले समीक्षा अवधिमा ७३ लाख ८४ हजार संचालन मुनाफा आर्जन गरेको छ । 

अघिल्लो वर्ष २ करोड ५५ लाख रहेको खूद ब्याज आम्दानी यो वर्ष घटेर १ करोड ५९ लाखमा सीमित बन्न पुगेको छ । 

समीक्षा अवधिमा सिर्जना फाइनान्सले ५ अर्ब ८० करोड निक्षेप संकलन गरी तथा ४० करोड सापटी लिएर ३ अर्ब ९६ करोड बढी कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ३ अर्ब ७९ लाख निक्षेप संकलन गरी २ अर्ब ८९ लाख बढी कर्जा प्रवाह गरेको थियो ।

अघिल्लो वर्षसम्म १६ करोड १६ लाखमा सीमित रिजर्बकोष बढेर यो वर्ष २० करोड ४३ लाखको उचाईमा पुगेको छ भने १.७१ प्रतिशतको अनुपातमा रहेको खराब कर्जा भने बढेर २.४४ प्रतिशत पुगेको छ । 

समीक्षा अवधिमा यो फाइनान्सको वार्षिकीकृत प्रतिसेयर आम्दानी ४ रुपैयाँ ६९ पैसा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा इपीएस २६.६६ रुपैयाँले ऋणात्मक थियो । 

यो अवधिमा कम्पनीको प्रतिसेयर नेटवर्थ १५०.९९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ५९.२८ गुणा रहेको छ ।