काठमाण्डौ । तिनाउ डेभलपमेन्ट बैंक लिमीटेडले आफ्ना सेयरधनीलाई १२ प्रतिशत बोनस सेयर वितरणको प्रस्ताव गरेको छ । 

बैंकको भदौ ३१ गते अपरान्ह ४ बजे बसेको संचालक समितिको २२६ औं बैठकले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट १२ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.६३१५७८९४७ प्रतिशत नगद लभांश वितरणको प्रस्ताव गरेको हो । 

हाल यो कम्पनीको चुक्तापूँजी ५० करोड ६९ लाख रुपैयाँ रहेको छ । कम्पनीले बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर ५६ करोड ७७ लाख माथिको उचाई चुम्नेछ ।

नियामक नेपाल राष्ट्रबैंकबाट यो प्रस्ताव स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट पारित भएपछि मात्र सेयरधनीले बोनस पाउनेछन् ।