काठमाण्डौ । रुरल माइक्रोफाइनान्स डेभलपमेन्ट सेन्टर लिमीटेडले आफ्ना सेयरधनीलाई २० प्रतिशत लाभांश वितरण गर्ने भएको छ । 

आर्थिक वर्ष २०७३/७४ को खूद नाफाबाट सेयरधनीलाई ५ प्रतिशत बोनस सेयर र १५ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको हो । 

असोज २० गते बसेको रुरलको ३०२ औं बोर्ड बैठकले ३ करोड ४६ लाख रुपैयाँ बराबरको बोनस सेयर र १० करोड ३८ लाख १८ हजार रुपैयाँ नगद लाभांश वितरण गर्नेछ । 

यो निर्णय नियामक नेपाल राष्ट्रबैंक र कम्पनीको आगामी वार्षिक साधारणसभाबाट स्वीकृत भएपछि मात्र कार्यान्वयनमा आउनेछ । 

गत वर्ष रुरल माइक्रोफाइनान्सले १० प्रतिशत बोनस सेयर र १० प्रतिशत नगद लाभांश वितरण गरेको थियो । 

हाल यो कम्पनीको चुक्तापूँजी ६९ करोड २१ लाख रुपैयाँ रहेको छ । ५ प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी ७२ करोड ६७ लाख रुपैयाँको उचाईमा पुुग्नेछ । 

यो माइक्रोफाइनान्सले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म २१ करोड १३ लाख खूद नाफा आर्जन गरेको थियो ।