काठमाण्डौ। इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले सन् २०२१ को तेस्रो त्रैमासमा साढे २ लाख युनिटका हाराहारी कार बिक्री गरेको छ।
कम्पनीले हालै सार्वजनिक गरेको रिपार्टका अनुसार यो अवधिमा कम्पनीले विश्लेषकहरुको अनुमानभन्दा बढी अर्थात २ लाख ४१ हजार ३ सय युनिट कार बिक्री गरेको हो। यसअघि विश्लेषकहरुले यो अवधिमा कम्पनीले २ लाख २० हजार ९ सय इलेक्ट्रिक कार बिक्री गर्ने प्रक्ष्येपण गरेका थिए।
सेप्टेम्बर ३० मा समाप्त भएको तेस्रो त्रैमाससम्ममा कम्पनीले २ लाख ३७ हजार ८२३ कार उत्पादन गरेको रिपोर्टमा उल्लेख छ। यसमध्ये २ लाख २८ हजार ८८२ युनिट मोडल थ्री र वाईका थिए। यी मोडलका कार तुलनात्मक रुपमा सस्तो पर्ने मिड रेन्ज अफरिङअन्तर्गत पर्दछन्। बाँकी रहेका ८ हजार ९४१ युनिट कार मोडल एस र एक्सका थिए।
यसअघिको त्रैमासमा टेस्लाले २ लाख १ हजार २५० युनिट कार डेलिभर गरेको थियो र २ लाख ६ हजार ४२१ युनिट कार उत्पादन गरेको थियो। – एजेन्सी
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago