काठमाण्डौ । दशैंअघि नै लगानीकर्तालाई नगद लाभांश खुवाउने दोश्रो सूचिकृत कम्पनी यसपटक म्युचुअल फण्ड बनेको छ ।
एनआइबिएल एस क्यापिटलले व्यवस्थापन गरिरहेको एनआइबिएल समृद्धि फण्ड १ गत वर्षको नाफाबाट लाभांश खुवाउने दोश्रो सूचिकृत कम्पनी बनेको हो ।
यो स्किमले इकाईधनीलाई १२ प्रतिशत नगद लाभांश वितरण गर्न थालेको हो ।
स्किम व्यवस्थापक एनआइबिएल एस क्यापिटलका अनुसार असोज १ गतेदेखि नै इकाईधनीको खातामा घोषित नगद लाभांश पठाउन थालिएको हो ।
एनआईबिएल समृद्धि फण्डले हालसम्म पनि हितग्राही खाता (डिम्याट)मा बैंक खाता नम्बर अद्यावधिक नगराएका लगानीकर्तालाई भने कम्पनीले लाभांश वितरणका लागि यथाशीघ्र अपडेट गराउन आग्रह गरेको छ ।
विगत बर्षहरुमा वितरण भएको लाभांश लिन बाँकी रहेको इकाइधनीले समेत एनआईबिएल एस क्यापिटल मार्फत लाभांश संकलन गर्नसक्ने फण्डले जनाएको छ ।
अन्य सूचिकृत कम्पनीले जस्तो म्युचुअल फण्डहरुले नियामकबाट स्वीकृति लिनुपर्ने वा वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्र घोषित लाभांश वितरण गर्नुपर्दैन । यहीकारण समेत यो स्किमले बेलैमा इकाईधनीलाई दशैंखर्च दिन सकेको हो ।
यसअघि सिद्धार्थ इक्वीटी ओरिएन्टेड स्किमले गत वर्षको लाभांश वितरण गरेको थियो । यो स्किम यो वर्ष लाभांश खुवाउने पहिलो सूचिकृत कम्पनी हो ।
यसैबीच, अन्य ३ वटा मर्चेन्ट बैंकले समेत दशैंअगाडि नै सेयरधनीलाई लाभांश वितरण गर्ने भएका छन् । यसका लागि ३ वटै मर्चेन्ट बैंकले दशैंअघि वार्षिक साधारणसभा आह्वान गरेका हुन् ।
सानिमा क्यापिटल, सिद्धार्थ क्यापिटल र ग्लोबल आइएमई क्यापिटलले दशैं अगाडि नै नगद लाभांश बाँड्नसक्ने गरी साधारणसभा आह्वान गरेका हुन् ।
यी तीनमध्ये सिद्धार्थ क्यापिटलले ३० प्रतिशत, ग्लोबल आइएमईले १०.५२ प्रतिशत र सानिमा क्यापिटलले ८ प्रतिशत नगद लाभांश वितरणको घोषणा गरिसकेका छन् । यिनै प्रस्ताव यी कम्पनीको साधारणसभामा पेश हुनेछन् ।
ग्लोबल आइएमर्इ क्यापिटल र सिद्धार्थ क्यापिटलले असोज २५ गते वार्षिक साधारणसभा डाकेका छन् भने सानिमा क्यापिटलले असोज २६ गते डाँकेको छ ।
*यसअघिको समाचारमा भूलवश केही गलत तथ्य पर्न गएकोले त्यसलाई सच्याइएको छ । -सम्पादक
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19