काठमाण्डौ । महालक्ष्मी विकास बैंकले बिहीबारदेखि दार्चुलाको गोकुलेश्वरमा आफ्नो ७० औं शाखा संचालनमा ल्याएको छ । 

योसँगै अब बैँकको शाखा संख्या ७० पुगेको छ भने एटिएम संख्या ३५ रहेको छ ।

विकास बैँकहरुमा सबैभन्दा बढी चुक्तापुँजी भएको महालक्ष्मीविकास बैँक लिमीटेडले कात्र्तिक मसान्तसम्म २५ अर्ब ४३ करोड रुपैयाँ निक्षेप संकलन गरी २० अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ ।