काठमाण्डौ । साताको पहिलो कारोेबार दिन सोमबार बजार ८.७५ अंकले घटेर बन्द भएको छ ।

यो दिन बजार २ हजार ६०.१५ विन्दुमा बन्द  भएको छ । कारोबार भने अघिल्लो दिनको भन्दा यो दिन बढेको छ । पुस ५ गतेदेखि आजसम्म पाँच कारोबार दिनमा बजारमा कारोबार र सूचक दुबै लगातार घटेको छ । यसअघि बजारले अपर ब्यान्डमा वियरिस इन्गल्फिङ बनेपछि बजार लगातार घटेको छ ।

बजार घटेता पनि २ हजार ६० विन्दुभन्दा माथि माथि नै लगातार तीन दिन टिकेर कारोबार भएको छ । भोलुममार्फत् हेर्दा बजार ४ अर्ब रुपैयाँ माथि भएको छ । यसलाई सकारात्मक रुपमा लिन सकिन्छ । डेली बेसमा हेर्दा हाल करेक्सनको बाटोमा रहेको बजार मध्य ब्यान्डसम्म आउन सक्छ । म्याक्डीमार्फत् हेर्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ ।

तर हिस्टोग्राम फिक्का र छोटा छोटा हुँदै गएको अवस्था छ । म्याक्डीमा अहिलने नै वियरिस क्रसओभर भने रहेको अवस्था भने होइन । डेली बेसमा नै आरएसआई ओभर बट जोनबाट हाल ६२ को तहमा आएको छ । समग्रमा तीन वटै इन्डिकेटरबाट हेर्दा यो साता बजारमा करेक्सन चल्न नै सक्छ । यसलाई मनी फ्लो इन्डेक्सले थप पुष्टि गर्न खोजेको देखिन्छ ।

पिभट् मार्फत् नियाल्दा यदि बजार आगामी दिनमा पनि घट्छ भने  क्रमश : सपोर्ट २ हजार ३८, २ हजार ८ र १ हजार ९६१ विन्दुमा लिन सक्छ । यदि बजार बढ्छ भने २ हजार ८५,२ हजार ११५, र २ हजार १६० मा प्रतिरोध  लिन सक्छ । 
(नोट : सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ, यो विश्लेषण कारोबारको लागि सिफारिस भने होइन ।)