काठमाण्डौ । सानिमा बैंक लिमीटेडले खूद नाफाको बढोत्तरी र निस्क्रिय कर्जामा छलाङ मारेको छ ।
चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा यो बैंकले ६२ करोड २५ लाख खूद नाफा आर्जन गरेको छ भने निस्क्रिय कर्जा दरलाई शून्यमा झार्ने सफलता प्राप्त गरेको छ ।
अघिल्लो आर्थिक वर्षको यही अवधिमा बैंकको खूद नाफा ४० करोड ८० लाख रुपैयाँ रहेको थियो । सानिमा बैंकले व्यवसास समेत बिस्तार गरेको छ । यसको प्रमाणको रुपमा यो बैंकको खूद ब्याज आम्दानी हेरे पुुग्छ । अघिल्लो वर्षको दोश्रो त्रैमासमा ७३ करोड ६७ लाख रुपैयाँ रहेको खुद ब्याज आम्दानीमा वृद्धि भई यो वर्ष १ अर्ब ९ करोडको उचाईमा पुुगेको हो ।
यो अवधिमा बैंकले ५० अर्ब १३ करोड निक्षेप संकलन गरी ४६ अर्ब ८२ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकले ४६ अर्ब ८२ करोड निक्षेप संकलन गरी ३३ अर्ब २९ करोड कर्जा प्रवाह गरेको थियो ।
अघिल्लो वर्ष यो अवधिमा ०.०५ प्रतिशत रहेको निस्क्रिय कर्जा दर यो वर्ष घटेर ०.०१ प्रतिशतमा झरेको छ । बैंकको प्रति सेयर आम्दानी २३ रुपैयाँ ६५ पैसा, प्रतिसेयर नेटवर्थ १२६ रुपैयाँ ६९ पैसा र मूल्य आम्दानी अनुपात २२.८० गुणा कायम भएको छ । अघिल्लो वर्ष यही अवधिमा बैंकको प्रति सेयर आम्दानी २६ रुपैयाँ ७४ पैसा थियो ।
हाल यो बैंकको चुक्तापूँजी ५ अर्ब ३० करोड र जगेडा कोषमा १ अर्ब ४१ करोड रुपैयाँ रहेको छ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19