काठमाण्डौ । गरिमा विकास बैंकले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ कमालको प्रगति हासिल गरेको छ । 

अघिल्लो वर्ष सोही अवधिमा ८ करोड ९९ लाख खूद नाफा कमाएको बैंकले यो वर्ष १५ करोड ९५ लाख रुपैयाँ कमाएको हो । 

बैंकले खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति गरेको छ । अघिल्लो वर्ष १९ करोड ३४ लाख रुपैयाँमा सीमित खूद ब्याज आम्दानी यो वर्ष बढेर ३४ करोड ३४ लाखको उचाईमा पुुगेको छ । 

गरिमा विकास बैंकले यो अवधिमा १३ अर्ब ३७ करोड निक्षेप संकलन गरी ११ अर्ब ७० करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष ७ अर्ब २५ करोड निक्षेप संकलन गरी ६ अर्ब ३२ करोड कर्जा प्रवाह गरेको थियो । 

यो बैंकको निस्क्रिय कर्जा दर भने बढेको छ । अघिल्लो वर्षको पहिलो ६ महिनामा ०.२९ प्रतिशत रहेको निस्क्रिय कर्जा दर यो वर्ष वृद्धि भई ०.८४ प्रतिशतमा पुुगेको हो । 

बैंकको प्रति सेयर आम्दानी २९ रुपैयाँ ५३ पैसा, प्रतिसेयर नेटवर्थ १५७ रुपैयाँ २८ पैसा र मूल्य आम्दानी अनुपात १३.१४ गुणा कायम भएको छ । अघिल्लो वर्ष सोही अवधिमा प्रति सेयर आम्दानी २१ रुपैयाँ ८ पैसामा सीमित थियो । 

बैंकको चुक्तापूँजी १ अर्ब ८ करोड र जगेडा कोषमा ६१ करोड ८८ लाख रुपैयाँ रहेको छ ।