काठमाण्डौ । मर्जर प्रक्रियामा रहेका धौलागिरी लघुवित्त र खप्तड लघुवित्त वित्तीय संस्थाले एकैदिन वार्षिक सधारणसभा आह्वान गरेका छन्।
दुवै लघुवित्तको सञ्चालक समितिले वार्षिक साधारणसभा आउँदो वैशाख १६ गते आयोजना गर्ने निर्णय गरेको हो। धौलागिरी लघुवित्तको चौथो वार्षिक साधारणसभा बागलुङको बागलुङ नगरपालिका–४ उपल्लाचौरस्थित धौलागिरी सामुदायिक स्रोत केन्द्रको सभाहलमा र खप्तडको अत्तरियास्थित होटेल नमस्तेमा बिहान १० बजेबाट सुरु हुनेछ।
दुवै सभाले धौलागिरी र खप्तड लघुवित्तबीच मर्जरसम्बन्धी कार्य अन्तिम चरणमा रहेकोले मर्जरपश्चात बन्ने तदर्थ समितिमा सर्वसाधारणका तर्फबाट प्रतिनिधित्वका लागि नाम पठाउने र मर्जरसम्बन्धी सम्पूर्ण कार्य सम्पन्न गर्न सञ्चालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
नेपाल राष्ट्र बैंक तथा कम्पनी ऐन, २०६३ बमोजिम कम्पनी रजिस्ट्रार कार्यालयमा मर्जरका क्रममा गर्नुपर्ने प्रबन्धपत्र वा नियमावलीमा गरिने संशोधनका सम्बन्धमा नियमनकारी निकायबाट थपघट, परिमार्जन वा संशोधनको निर्देशन भएमा सोहीबमोजिम गर्न गराउनका लागि सञ्चालक समितिलाई सम्पूर्ण अख्तियारी प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले स्वीकृत गर्नेछ।
धौलागिरी लघुवित्तको सभाले सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीका तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्नेछ भने खप्तड लघुवित्तको सभाले पनि सञ्चालक समितिमा सर्वसाधराण सेयरधनीबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकको निर्वाचन गर्नेछ।
दुवै लघुवित्तको सभाले आर्थिक वर्ष २०७८–७९को वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन स्वीकृत गर्नेछ। सभा प्रयोजनका लागि आउँदो वैशाख १ गतेसम्म कायम संस्थापक र सर्वसाधारण सेयरधनीहरुलाई मात्र सभामा भाग लिन र मतदान गर्ने अधिकार हुनेछ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19