काठमाण्डौ । चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा अधिकांश वित्तीय सूचकमा नयाँ नेपाल लघुवित्त वित्तीय संस्थाले उत्कृष्ट प्रदर्शन गरेको छ । 

दोस्रो त्रैमास वित्तीय विवरणअनुसार संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा गत वर्षको तुलनामा ४२५.६० प्रतिशतले खुद नाफा बढाएको छ । 

समीक्षा अवधिमा संस्थाले १ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको हो । गत वर्ष यही अवधिमा संस्थाले २५ लाख २३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले १ करोड ९३ लाख रुपैयाँ सञ्चालन मुनाफा गरेको छ । जुन गत वर्ष यही अवधिमा ६४ हजार रुपैयाँमा सीमित थियो । 

दोस्रो त्रैमासमा संस्थाले २ करोड ९७ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । जुन गत वर्ष यही अवधिमा १ करोड ४७ लाख रुपैयाँ थियो । 

यो अवधिमा संस्थाले १९ करोड ८१ लाख रुपैयाँ निक्षेप संकलन गरी १ अर्ब १२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत वर्ष यही अवधिमा संस्थाले १० करोड १ लाख रुपैयाँ निक्षेप संकलन गरी ५१ करोड २८ रुपैयाँ कर्जा प्रवाह गरेको थियो ।

समीक्षा अवधिमा संस्थाले रिजर्भको आकार ४६.२७ प्रतिशतले बढाएको छ । गत वर्ष यही अवधिमा २ करोड ३८ लाख रुपैयाँ रहेको रिजर्भमा बढेर ३ करोड ४९ लाख रुपैयाँ पुगेको छ ।

संस्थाको चुक्ता पुँजी १० करोड ८ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा संस्थाको चुक्तापुँजी ७ करोड ९२ लाख रुपैयाँ रहेको थियो । 

संस्थाको वार्षिकीकृत प्रतिसेयर आम्दानी (ईपीएस) २६.३२ रुपैयाँ रहेको छ भने मूल्य आम्दानी अनुपात (पीई रेसियो) २४.१६ रहेको छ ।