काठमाण्डौ । बैंकहरुबीच ब्याजदर वृद्धिको लिगलिगे दौड अन्त गरी पुनः भद्र  सहमति कायम भएसँगै त्यसलाई कार्यान्वयन गर्ने पहिलो बैंक बनेको छ जनता बैंक नेपाल लिमीटेड । 

यो बैंकले भद्र सहमतिको खबर बाहिरिएलगत्तै वार्षिक १२ प्रतिशतले मासिक रुपमा ब्याज प्राप्त हुने विशेष मुद्धती योजना आजै(बिहीबार)देखि लागू हुने गरी बन्द गरिएका सूचना  जारी गरेको हो । 

पुरानो स्किम बन्द गरिएको सूचना जारी गरेको यो बैंकले नयाँ दरमा म्याच हुने गरी नयाँ स्किम पुनः लञ्च गरिने बताएको छ । 

जनता बैंकले यसअघि लागू १२ प्रतिशत ब्याज पाउने योजनामा उत्साहपूर्ण सहभागिता भएको भन्दै सबै बचतकर्ताहरुलाई धन्यवाद समेत ज्ञापन गरेको छ । 

यसअघि बैंकहरुबीचको ब्याजदर सम्बन्धी भद्र सहमति केही बैंकहरुको दवाबका कारण तोडिएपछि नयाँ ब्याजदर अनुसार विशेष मुद्धती योजना सार्वजनिक गर्ने मामलामा पनि जनता बैंक सबैभन्दा अगाडि थियो । ब्याजदर वृद्धिको दौडमा जनता बैंक अगाडि भएको भन्दै आलोचना भइरहेको बेला बिजशालालाई विशेष अन्तर्वार्ता दिंदै सो बैंकका डेपुटी सीइओ अजयकुमार मिश्रले बैंकहरुबीच पुनः भद्र सहमति हुनुपर्नेमा जोड दिंदै नयाँ सहमति कायम भए त्यसको कार्यान्वयन गर्ने पहिलो बैंक समेह आफूहरु नै हुने दाबी गरेका थिए । उनीसँगको सोबेला लिइएको अन्तर्वाताको पूरा अंश पढ्न यहाँ क्लिक गर्नुहोला ।