काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमीटेडले आगामी बैशाख २६ गते आफ्नो चौथो वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कम्पनीले धादिंगको नौबीसेस्थित नौबीसे एग्रो रिसोर्टमा ११ बजे साधारणसभा आह्वान गरेको हो ।
साधारणसभामा १५ प्रतिशत बोनस सेयर र १.५८ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पेश हुनेछ ।
यस्तै, सर्वसाधारण समूहबाट २ संचालकको चयन गर्ने, २०७४/७५ को वित्तीय विवरण पास गर्ने र चालु आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने प्रस्ताव समेत पारित गर्ने कार्यक्रम छ ।
यस्तै, कम्पनीले मर्जर वा एक्वीजिसनका लागि समेत संचालक समितिलाई अधिकार प्रत्यायोजन गर्ने प्रस्ताव समेत राखिएको छ ।
साधारणसभा प्रयोजनका लागि कम्पनीले बैशाख ९ गतेलाई बुक क्लोजको मिति तोकेको छ । यसको अर्थ कम्पनीबाट घोषित लाभांश पाउन र साधारणसभामा सहभागी हुन बैशाख ८ गतेभित्र यो कम्पनीको सेयर किनिसक्नुपर्नेछ ।
यो कम्पनीको दोश्रो बजारमा अन्तिम बिक्री मूल्य प्रतिकित्ता ६५२ रुपैयाँ रहेको छ ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago