काठमाण्डौ । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडले आर्थिक वर्ष २०७७/७८ का लागि लाभांश प्रस्ताव गरेको छ।

संस्थाको सञ्चालक समितिको बुधबार बसेको बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजी ४० करोड ४८ लाख रुपैयाँको कुल २१.०५३ प्रतिशतले हुन आउने ८ करोड ५२ लाख २१ हजार ५२.६३ रुपैयाँबराबर लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ। 

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ८ करोड ९ लाख ६० हजार रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ १.०५३ प्रतिशतले हुन आउने ४२ लाख ६१ हजार ५२.६२ रुपैयाँबराबरको नगद लाभांश रहेका छन्।

प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट अनुमोदन गरी कार्यान्वयनमा ल्याइने संस्थाले जनाएको छ।