काठमाण्डौ । सिटिजन्स बैंक इन्टरनेशनलले चालु आर्थिक वर्षको दोश्रो त्रैमासमा प्रगतितर्फ राम्रो प्रगति गरेको छ ।
यो बैंकले अघिल्लो आबको दोश्रो त्रैमासको तुलनामा खूद नाफा ४५.१९ प्रतिशतले वृद्धि भएको हो।
बुधबार प्रकाशित वित्तीय विवरणका अनुसार अघिल्लो आबको दोश्रो त्रैमासमा ४१ करोड ८४ लाख रुपैयाँ रहेको खूद नाफा चालु आबको सोही अवधिमा बढेर ६० करोड ७६ लाखको उचाईमा पुुगेको हो ।
यो बैंकको खूद ब्याज आम्दानीतर्फ पनि राम्रो प्रगति भएको छ । अघिल्लो वर्ष ७१ करोड ६१ लाख रहेकोमा यो वर्ष बढेर ८५ करोड ५७ लाख पुुगेको छ ।
बैंकले ५२ अर्ब ५७ करोड निक्षेप संकलन गरी ४६ अर्ब ७८ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो आबको यही अवधिमा बैंकले ४० अर्ब ३ करोड निक्षेप संकलन गरी ३३ अर्ब ५५ करोड कर्जा प्रवाह गरेको थियो ।
निकै ठूलो राइट ब्याक र विजिनेशमा बढोत्तरीले नाफामा उल्लेख्य प्रगति भएको हो । यो बैंकले ६९ करोड ६८ लाख रुपैयाँ राइटब्याक गरेको छ । अघिल्लो आबको यही अवधिमा १८ करोड २ लाख रुपैयाँको राइट ब्याक गरेको थियो ।
यो बैंकको चुक्तापूँजी ५ अर्ब ५३ करोड र जगेडा कोषमा १ अर्ब ९० करोड रुपैयाँ रहेको छ ।
यो बैंकका सीडी रेसियो ७९.४० प्रतिशत कायम भएको छ भने निस्क्रिय कर्जा अनुपात २.४३ प्रतिशतबाट घटेर १.३२ प्रतिशतमा झरेको छ ।
प्रति सेयर आम्दानी २२.८१ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १३४.५९ रुपैयाँ र पीई रेसियो २१.४८ गुणा रहेको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19