काठमाण्डौ । लक्ष्मी लघुवित्त विकास बैंक लिमीटेडले चालुु आर्थिक वर्षको दोश्रो त्रैमासमा खूद नाफातर्फ छलाङ मारेको छ । 

अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा खूद नाफातर्फ १११.९३ प्रतिशतको प्रगति हासिल गरेको हो । 

अघिल्लो आर्थिक वर्षको दोश्रो त्रैमासमा २ करोड ४४ लाख रुपैयाँमा सीमित खूद नाफा यो वर्ष बढेर ५ करोड १८ लाखको उचाईमा पुुगेको छ । अघिल्लो वर्ष ७० करोड ५४ लाख रहेको सापटी यो वर्ष १ अर्ब ९ करोड पुुगेको छ । यो अवधिमा यो माइक्रो फाइनान्सले १ अर्ब ७६ करोड कर्जा प्रवाह गरेको छ । अघिल्लो वर्ष यही अवधिमा ९९ करोड १४ लाख मात्र कर्जा प्रवाह गरेको थियो । यो अवधिमा लक्ष्मी लघुवित्तले ५२ करोड २८ लाख निक्षेप संकलन गरेको छ । 

यो अवधिमा माइक्रो फाइनान्सको खूद ब्याज आम्दानी ११ करोड ५८ लाखको उचाईमा पुुगेको छ । गत वर्ष खूद ब्याज आम्दानी ६ करोड ३९ लाख रुपैयाँ मात्र थियो । 

अघिल्लो वर्ष ३ करोड ८२ लाख रुपैयाँमा सीमित संचालन नाफा बढेर यो वर्ष ८ करोड ८ लाख पुुगेको छ । कम्पनीले निस्क्रिय कर्जालाई १.११ प्रतिशतबाट घटाएर ०.३४ प्रतिशतमा झारेको छ । 
यो माइक्रो फाइनान्सको प्रतिसेयर आम्दानी ४७ रुपैयाँ १६ पैसा, प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ९७ पैसा र मूल्य आम्दानी अनुपात २४.१७ गुणा कायम भएको छ । अघिल्लो वर्ष प्रति सेयर आम्दानी ४४ रुपैयाँ ५१ पैसा मात्र थियो । 

यो माइक्रो फाइनान्सको चुक्तापूँजी २२ करोड र जगेडा कोषमा ११ करोड ४३ लाख रुपैयाँ रहेको छ ।