काठमाण्डौ । अधिकांश सूचकमा आफूलाई आमूल सुधार गरे पनि चुक्तापूँजीको वृद्धि अनुसार नाफा बढाउन नसक्दा सप्तकोशी डेभलपमेन्ट बैंकको प्रतिसेयर आम्दानी(इपीएस) भने घटेको छ ।
यो बैंकले आर्थिक वर्ष २०७४/७५ को चौथो त्रैमाससम्म ३ करोड ७० लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यस्तो नाफा २ करोड ३५ लाखमा सीमित थियो । यसरी खूद नाफातर्फ ५७.६३ प्रतिशतको प्रगति भए पनि चुक्तापूँजी चाहि १४१ प्रतिशतले बढेका कारण प्रतिसेयर आम्दानी घटेको हो ।
अघिल्लो वर्ष ११.१५ रुपैयाँ रहेको प्रतिसेयर आम्दानी घटेर ७.२९ रुपैयाँमा सीमित बन्न पुगेको छ ।
समीक्षा अवधिमा यो बैंकले १ अर्ब ५५ करोड निक्षेप संकलन गरी १ अर्ब ३६ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यही १ अर्ब १२ करोड निक्षेप संकलन गरी ८५ करोड ७६ लाख कर्जा प्रवाह गरेको थियो ।
कम्पनीले व्यवसाय बिस्तारमा ध्यान दिएका कारण खूद ब्याज आम्दानी पनि बढेको छ । अघिल्लो वर्ष ६ करोड ८६ लाख रहेको यस्तो आम्दानी बढेर १० करोड १४ लाखको उचाईमा पुगेको हो ।
अघिल्लो वर्ष १ करोड ६१ लाखमा सीमित संचालन मुनाफा बढेर यो वर्ष २ करोड ५४ लाख पुगेको छ भने ३ करोड ४० लाखमा सीमित जगेडाकोषको आकार बढी ५ करोड ८६ लाखको उचाईमा पुगेको छ ।
बैंकले ०.५४ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.४६ प्रतिशतमा झारेको छ । समीक्षा अवधिमा बैंकको प्रतिसेयर नेटवर्थ १११.५४ रुपैयाँ र मूल्य आम्दानी अनुपात १६.१८ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19