काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)को आज सम्पन्न तेस्रो वार्षिक साधारणसभाले आर्थिक वर्ष २०७७/७८ का लागि प्रस्ताव गरेको लाभांश अनुमोदन गरेको छ।
सभाले निफ्राले प्रस्ताव गरेको गत आर्थिक वर्षको सञ्चित मुनाफामध्ये वितरणयोग्य मुनाफाबाट चुक्तापुँजी २० अर्ब रुपैयाँको कुल ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४२ प्रतिशत नगद लाभांश अनुमोदन गरेको हो। सभाले गत आर्थिक वर्षकोे सञ्चालक समितिको प्रतिवेदन र उक्त अवधिको वित्तीय विवरणहरु सर्वसम्मतिले पारित गरेको छ।
त्यस्तै सर्वसाधारण शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना सञ्चालकहरुको निर्वाचन गर्ने कार्यक्रम रहेको उक्त सभाबाट सुमन पोखरेल र लिमा अधिकारी आचार्य संचालक समितिमा निर्विरोध निर्वाचित भएका छन्।
नेपालकै पहिलो र एकमात्र पूर्वाधार विकास बैंकका रुपमा स्थापित निफ्राको वार्षिक साधारणसभा काठमाण्डौको बत्तीसपुतलीस्थित अनुपम फुडल्याण्ड एनड ब्यांक्वेटमा भएको थियो। सभाको अध्यक्षता बैंक सञ्चालक समितिका अध्यक्ष अनुज अग्रवालले गरेका थिए।
उक्त बैंक सञ्चालक समितिका सदस्यहरु केदारनाथ शर्मा, चन्द्रप्रसाद ढकाल, लालमणि जोशी र शंकरप्रसाद अधिकारीको उपस्थिति थियो । त्यस्तै बैंकका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा, नायव प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेलगायत बैंकका उच्च तहका अधिकृतहरुको समेत उपस्थिति थियो ।
कोभिड–१९ को कारण उत्पन्न स्वास्थ्य जोखिमबाट जोगिन र जोगाउन सेयरधनीहरु अनलाइन माध्ययबाट समेत सहभागी हुन सक्नेगरी सभाको कार्यक्रम तय गरिएको थियो।
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago
12 months ago