काठमाण्डौ । पूर्वाधार विकास बैंकहरुले अब संस्था सञ्चालनमा आएको ४ वर्षसम्म निक्षेप र अन्य स्रोतलाई बैंक तथा वित्तीय संस्थामा ब्याजमा राख्न पाउने भएका छन् ।
केन्द्रीय बैंकले पूर्वाधार विकास बैंकलाई जारी गरेको एकीकृत निर्देशन २०७८ मा बिहीबार साँझ संसोधन गर्दै यस्तो व्यवस्था गरेको हो ।
यो व्यवस्थाबाट इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक(निफ्रा) लगायतका पूर्वाधार विकास बैंकहरु लाभान्वित भएका छन् । अब निफ्राले पनि बढीमा ४ वर्षसम्म सबै प्रकारका स्रोतलाई र तत्पश्चात निक्षेप बाहेक संकलन भएको स्रोतलाई बैंक तथा वित्तीय संस्थाहरुमा ब्याज आउने गरी राख्न पाउनेछ ।
यसअघि पूर्वाधार विकास बैंकको कारोबार सञ्चालन भएको मितिले बढीमा ४ वर्षसम्म प्रतिस्पर्धाको माध्यमबाट वाणिज्य बैंकहरुमा ब्याज प्राप्त हुने गरी प्रत्येक बैंकमा बढीमा रु. १ अर्बको सीमामा नबढ्ने गरी निक्षेप जम्मा गर्न सकिने व्यवस्था थियो । तर, परिमार्जित व्यवस्थामा भनिएको छ-'पूर्वाधार विकास बैंकको कारोबार सञ्चालन भएको मितिले बढीमा ४ वर्षसम्म सबै प्रकारका स्रोतलाई र तत्पश्चात निक्षेपबाहेक संकलन भएको स्रोतलाई संकलन गरेको वर्ष संकलित स्रोतको ७५ प्रतिशतसम्म, दोश्रो वर्ष ५० प्रतिशतसम्म र तेश्रो वर्ष २५ प्रतिशतसम्म प्रतिस्पर्धाको माध्यमबाट बैंक तथा वित्तीय संस्थाहरुमा ब्याज प्राप्त हुने गरी प्रत्येक संस्थामा बढीमा रु. १ अर्बको सीमामा नबढ्ने गरी निक्षेप जम्मा गर्न सकिनेछ ।'
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago