काठमाण्डौ । नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा)ले चालु आर्थिक वर्षको पहिलो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ।

बैंकले समीक्षा अवधिमा ४१ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ। जुन अघिल्लो वर्षको यही अवधिको तुलनामा ९.३० प्रतिशतले बढी हो। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३७ करोड ८६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो। 

यो त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ५९ करोड ११ लाख रुपैयाँ आर्जन गरेको छ। अघिल्लो वर्ष यस्तो मुनाफा ५४ करोड ९ लाख रुपैयाँ रहेको थियो। समीक्षा अवधिमा सञ्चालन मुनाफा ९.२८ प्रतिशतले बढी हो। 

समीक्षा अवधिमा बैंकले ७० करोड १५ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ। अघिल्लो वर्ष यस्तो आम्दानी ६५ करोड ५७ लाख रुपैयाँमा सीमित थियो। यो हिसाबले खुद ब्याज आम्दानी ६.९९ प्रतिशतले बढेको छ। 

चुक्तापुँजी २१ अर्ब ६० करोड रुपैयाँ रहेको बैंकको रिजर्भको आकार २२.९४ प्रतिशतले बढेर २ अर्ब ५९ करोड रुपैयाँको उचाइमा पुगेको छ। अघिल्लो वर्ष रिजर्भमा २ अर्ब ११ करोड रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा बैंकले ८२ करोड ३३ लाख रुपैयाँ निक्षेप संकलन गरी १८ अर्ब ९३ करोड रुपैयाँ कर्जा लगानी गरेको छ। अघिल्लो वर्ष यही अवधिमा बैंकले ३९ करोड ५६ लाख रुपैयाँ निक्षेप संकलन गरी १७ अर्ब ८१ करोड रुपैयाँ कर्जा लगानी गरेको थियो। 

निफ्राको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) बढेर ७.६६ रुपैयाँ पुगेको छ। अघिल्लो वर्ष ईपीएस ७.०१ रुपैयाँ रहेको थियो। पीई रेसयो २४.३६ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ ११२.०२ रुपैयाँ रहेको छ।