nirdhan utthan bank ltd
काठमाण्डौ । देशका ७५ वटै जिल्लामा सञ्जाल बिस्तार गरेको निर्धन उत्थान बैंक लिमीटेडले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ५८ करोड ३४ लाख खूद नाफा आर्जन गरेको छ । यो नाफा कम्पनीको चुक्तापूँजीभन्दा १ करोड ६६ लाख मात्र कम हो ।
अघिल्लो वर्ष यही अवधिमा बैंकको नाफा ४० करोड ३१ लखमा सीमित थियो ।
माइक्रोफाइनान्सले समेत वाणिज्य बैंकको हाराहारीमा नाफा कमाउनसक्छन् भन्ने एउटा बलियो उदाहरण यो बैंक भएको छ ।
निर्धन उत्थानले १ अर्ब १० करोडमा सीमित खूद ब्याज आम्दानीलाई बढाएर १ अर्ब ४१ करोडको उचाईमा पुर्याएको छ । ६२ करोड ४१ लाखमा सीमित संचालन मुनाफा बढेर ८९ करोड ८६ लाखको उचाईमा पुुगेको छ ।
यो अवधिमा यो माइक्रोफाइनान्सले ६ अर्ब ८३ करोड सापटी लिई तथा ६ अर्ब २३ करोड निक्षेप संकलन गरी १२ अर्ब ३२ करोड कर्जा परिचालन गरेको छ । अघिल्लो वर्ष यो कम्पनीले ५ अर्ब ९३ करोड सापटी लिई तथा ४ अर्ब २७ करोड निक्षेप संकलन गरी १० अर्ब १० करोड कर्जा परिचालन गरेको थियो ।
निर्धन उत्थानले जगेडाकोषको आकारमा समेत व्यापक वृद्धि गरेको छ । अघिल्लो वर्षसम्म ४९ करोड ८१ लखमा सीमित रिजर्ब कोष १ अर्ब २२ करोडको भएको छ । यो माइक्रोफाइनान्सको चुक्तापूँजी ६० करोड रुपैयाँ रहेको छ ।
निर्धन उत्थानले ०.३९ प्रतिशतको अनुपातमा रहेको खराब कर्जालाई घटाएर ०.३१ प्रतिशतमा झारेको छ भने ५.२४ प्रतिशतमा सीमित कस्ट अफ फण्ड बढेर ९.०७ प्रतिशतमा पुुगेको छ ।
यो अवधिमा निर्धन उत्थानको प्रति सेयर आम्दानी ९७.२३ रुपयाँ, प्रतिसेयर नेटवर्थ ३०३.९५ रुपैयाँ, कुल सम्पत्तिमा प्रतिफल ३.८२ र मूल्य आम्दानी अनुपात २१.४३ गुणा कायम भएको छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19