काठमाण्डौ । निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमीटेडको लाभांश दरमा भीषण पहिरो गएको छ ।
गत वर्षको भन्दा यो वर्ष झण्डै आधाले लाभांश दर घटेको हो ।
यो कम्पनीले ४२.११ प्रतिशत लाभांश वितरणको घोषणा गरेको हो । गत वर्ष कम्पनीले ६६.६७ प्रतिशत बोनस सेयर र १४.०४ प्रतिशत नगद लाभांश वितरण गरेको थियो ।
कम्पनीको असोज ११ गते बसेको २३८ औं बोर्ड बैठकले चुक्तापूँजीको २२.११ प्रतिशत नगद लाभांश र २० प्रतिशत बोनस सेयर वितरणको घोषणा गरेको हो ।
कम्पनीको हालको चुक्तापूँजी १ अर्ब रुपैयाँ रहेको छ। यो हिसाबले कम्पनीले २२ करोड १० लाख ५२ हजार ६ सय ३२(बोनस सेयरको कर समेत) र २० करोड बराबरको बोनस सेयर वितरण गर्नेछ ।
नियामक नेपाल राष्टबैंकबाट स्वीकृत भएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि घोषित लाभांश सेयरधनीले पाउनेछन् ।
कम्पनीले घोषणा गरेको २० प्रतिशत बोनस सेयर वितरणपछि चुक्तापूँजी बढेर १ अर्ब २० करोडको उचाईमा पुग्नेछ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19