काठमाण्डौ । निलम्बन र पुनर्बहालीपछि पहिलोपटक गभर्नर महाप्रसाद अधिकारीले अर्थमन्त्री जनार्दन शर्मालाई भेटेर कुराकानी गरेका छन्।
अर्थ मन्त्रालयमा आज बिहान अर्थमन्त्री शर्मा र गभर्नर अधिकारीबीच कुराकानी भएको हो। आगामी मौद्रिक नीतिका विषयमा परामर्श गर्न अधिकारी अर्थमन्त्री शर्मासँग भेट्न पुगेका थिए।
आउँदो असार मसान्तसम्म मौद्रिक नीति ल्याउन राष्ट्र बैंक तयारीमा जुटेको छ। मौद्रिक नीतिका केही दिन अघिमात्रै सूचना प्रकाशित गरी राष्ट्र बैंकले विभिन्न सरोकारवालासँग रायसुझाव मागेको छ।
मौद्रिक नीतिकै विषयमा परामर्श गर्न गभर्नर अधिकारीसहितको राष्ट्र बैंकको टोली अर्थमन्त्री शर्मालाई पुगेका हुन्। छलफलमा मन्त्री शर्मासँग अर्थ मन्त्रालयका सचिव र सहसचिवहरुको सहभागिता थियो। ‘छलफल मौद्रिक नीतिमै केन्द्रित थियो’, मन्त्रालय स्रोत भन्छ–‘पौने घन्टाजति कुराकानी भएको थियो।’
गभर्नर अधिकारीले मौद्रिक नीतिमा समेट्न आफ्ना योजनाहरु प्रस्तुत गरेको स्रोत बताउँछन्। ‘गभर्न अधिकारीले आगामी बजेटका लक्ष्यहरुलाई सघाउ पुग्ने गरी मौद्रिक नीति तर्जुमा गर्ने बताएका छन्’, स्रोतले भन्यो।
अर्थमन्त्रीले ८ प्रतिशतको आर्थिक वृद्धि र ७ प्रतिशतभित्र मूल्यवृद्धि राख्ने बजेटमार्फत घोषणा गरेका छन्। ‘बजेटका लक्ष्यहरु भेट्याउने गरी राम्रोसँग अध्ययन गरेर मौद्रिक नीति ल्याउन अर्थमन्त्री शर्माले गभर्नर अधिकारी सुझाव दिएका छन्’, स्रोतले भन्यो।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19